चार दशकअघिको हजुरबाको कुरा

शेयर गर्नुहोस्

४० सालमा माहिला भाइको परिवार र आमाहरूलाई लिएर त्या राखे अनि आफूचाहिँ त्यो धमकोट भन्ने ठाउँमा बसिरहेको थिएँ । र, दुई वर्षसम्मा भनौं त्यस्यो त्यो बेला अहिले जस्तो मोबाइल पनि थिएन । चिठी पठायो भने पनि दुई तीन महिना पुग्ने, कहिले बीच बाटो बाटै फर्किने हुन्थ्यो । मैले तीन वर्षसम्म केही खबर पाएन ।

तीन वर्षपछि घरमा आगो लाग्यो । घरमा आगो लाग्यो छ र घरमा भएका सबै कागजपत्र, लुगा कपडा, भएका भाँडा वर्तन सबै पोलिएछन् । पोलिएको चाहिँ दुई महिनापछि मैले खबर पाएँ । कुरो सुनिसकेपछि मैले जान्छु भनेर सबै तयार गरेँ । तर, जान म सकेन । जेठको महिना हो जान मैले सकेन । घरतिर पनि चाहिने मैले छोडेर जान सकेन । र, मैंले एउटा चिठी लेखेँ । चिठी लेख्छु भन्दाभन्दै एउटा कविताजस्तो चाहिँ लेखेछु ।

त्यो लेखिसकेपछि मेरीआमाले लगभग १५ वर्षजति आफ्नो थैलीमा राख्नु भएको रहेछ । आमा बितिसकेको ४५ दिन पछाडि मैले त्यो आमाको बाकस र थैली हेर्दाखेरी चिठी फेला पारेँ । चिठी फेला पारेर मैंले चिठी हेर्दाखेरी मलाई दुख लाग्यो । तर, मेरो चिठीको त मेरी आमाले यति माया मान्नुभएको रहेछ ।

र, मेरो कति माया मान्नु भयो होला त ? भन्ने मैले सोचेर त्यादेइ पछाडि मैले चिठी लेखेको १२ वर्ष पछाडि चिठीलाई हल्काफुल्का हेरेर एक दुई शब्दहरू अध्ययन गरेको छु । र, त्यो भन्न म अहिले पनि सक्छु । र, कस्तो हो भने मैले चिठी लेख्दा लेख्दै कविताको ढाँचाको लेखेछु । र, आमालाई पठाएछु ।

श्रीमान आमाका चरणमा,दैनी दण्डबध गरूँ
यो मेरो शिर निहुराइ हजुरका पाउ दुईमा परूँ

आजका मिति तक हामी सबमा गाउँ घरमा अनि
आनन्द सुखी छौं जो जति छन् यी साना तिना पनि
मेरो भाग्य हुँदा भाइहरू भए कामकाज गर्थे जब
सुखी भइ बसियो गुनियो कहिल्यै, छोडियो धन्धा सब

देखिएछ छहर पहराहरू, वनमा नगइ नहुने
मरिन्न रुख भिरबाट कहिल्यै, राम्रो छ भन्ना सुनेँ
मन बिग्र्यो धन बिग्र्यो सबको, बाटो पनि देखियो
यो लोभको कटौरा भरिन्न कहिल्यै खुट्टा पनि टेकियो

भाइ बुहारी सबै अघि हिँने, म बाटो देखाउँ भनी
अलि दिन बसौलाँ चित्त नबुझे फर्केर आउँला पनि
त्यस्तो सल्ला भयो हिनी सकियो, पुगियो सिउपुरमा
बाघको डर हात्तिको झन कति घर छैन बसौं कहाँ

थारूको बुकुरा, सुँगर र कुखुरा कोइ दिन त्यसैमा रह्यौं
झोपडी बनाइयो अलि अलिको पछि त्यसमा गयौं

अनि भन्न थाले भाइहरू हो, बस्छौ कि जान्छौ घर
भाइको मर्जी भयो जान्न अहिले, विचार त बुझौं तर
त्यही लागू गर्‍यौं हामी सबले साचै भन्यो यो भनी
अर्को भाइको विवाह गर्‍यो भनि घुम्यौं दुई चार दिन गाउँमा पनि

दाता इष्ट मिले धर्मीका बडा, पायौं कन्या दान पनि
हर्ष भो सबमा खुसी यति भयौं ठूलो छ भाग्य भनि
छिट्टै भाग्य मिल्यो बच्चा पनि भयो, झन् खुसी भयो मन
भाइ तिम्रो घरमा म कहिले आउँला खुसयाली खान कन

ध्यान गर भाइ तिमीले, साइला र कान्छाको त्यहाँ
जो आउला पठाइदिनु खबर सन्तोष हुला यहाँ
माहिला भाइ माइला दुईले राम्रो व्यवस्था गर
आउला त्यहा बसिकन अब यहाँ पो मेरो के छ र

छोराछोरी सबै भाइहरू सबै बौरानी दुई सुन्दरी
मिल्नु पर्दछ नाम सम्झी सबको नङका मासु झै गरी

आमालाई छुट्टै पठाएको छु!

मुनाका दुई पाउ पग्री पहिल्यै श्रीले दण्डबध गरू
यो मेरो शिर निहुराई हजुरका दैनी (दुई) पाउमा परूँ

तीन पुत्र तीन कन्य छौं हजुरकै, त्यै हो हजुरको धन
ए बाबु कहाँ छौ भनि दिनदिनै रुन्छ हजुरको मन
जान्दछु त्यो पनि जानी पो के गरु जन्जालका पास छु
भेट होला नरुनुस् हामी हजुरको श्री देवीका आश छु

तराईं क्षेत्रमा पठाइयो खुसीले ती मेरा बालबालिका
तिनको रक्षा गरे हे भगवती, हे देवी, हे कालिका

आगलागी समाचार त्यो कत्रो घटना, बच्चा बिरामी थियो
कम छुट्यो थर थर मुटु पनि फुट्यो सार्है दुख्यो यही हो
ज्यानकै शङ्का पर्यो मामा पनि गए केही कुरा बुझे पनि
बाजेले पनि सम्झाइ दिनु भो, ए बाबु फर्क भनी
यो घरको बिलरी देखेर म फिरे बच्चा त त्यही सन्चियो
कलम बन्द गरेँ गल्ती बामू, रहर त धेरै थियो ।

Back To Top