सुन किन महँगो हुन्छ ?

शेयर गर्नुहोस्

हामीले प्रायः सुनसँग जोडिएका धेरै समाचार पढ्ने वा देख्ने गरेका छौँ। त्यसमा सुनको मूल्य घटेको वा बढेको भन्ने सुन्नमा आउँछ। हामीले देखेका सबैजसो धातुहरू मध्य सुन अत्यधिक महंगो धातु हो। सुन किन यति महंगो हुन्छ होला? विभिन्न चाडपर्वहरूमा महिलाले सुनका विभिन्न गरगहना लगाएको देखेका हुन्छौँ। सुनकै गहना किन लगाउन पर्छ होला?

सबैभन्दा पहिलो कुरा त सुन निकै उपयोगी धातु हो। यसको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुने धेरै वैज्ञानिक कारणहरू छन्। जसले गर्दा हिन्दु धर्म मान्ने महिलाहरूले सुनका विभिन्न गहना लगाउनु पर्ने परम्परा छ। यसरी सुनको माग बढ्दै जानु सुनको मूल्य बढ्नुको एउटा मुख्य कारण हो।

अर्को कुरा सुन निकै दुर्लभ धातु हो। यो प्रकृतिका शुद्ध र अशुद्ध रूपमा विरलै पाइन्छ। हामीलाई थाहा नै छ, जुन वस्तु दुर्लभ हुन्छ त्यसको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ।

प्रकृतिमा पाइने सुन उत्खनन् गर्दा धेरै खर्च हुन्छ। सुन उत्खनन् गर्न जुन् प्रक्रिया र प्रविधि छन् ती आर्थिक हिसाबमा निकै महंगो पर्न जान्छन् जसले गर्दा सुनको मूल्य केही महंगो हुन्छ।

पहिले सुन सिक्काहरु बनाएर प्रयोग गरिने चलन थियो। बिस्तारै यसको महत्त्व बढ्दै गएपछि यसलाई अन्य प्रयोजनका लागि प्रयोग गर्न थालियो। जसले गर्दा सुनको मूल्य बढ्न गयो।

जो मान्छेहरू आर्थिक हिसाबले सम्पन्न छन् उनीहरूले सुन अवैध रूपमा संकलन गरेर राखेका हुन्छन्। जसले गर्दा बजारमा सुनको माग बढी र उपलब्ध कम हुन्छ। जुन वस्तुको बजार माग बढी हुन्छ त्यसको मूल्य स्वतः बढ्छ। त्यसैले सुन अरू धातुको तुलनामा महंगो हुन्छ।

यसरी लेखिरहँदा यहाँहरूलाई लाग्ला, सुन सबैभन्दा महंगो धातु होला। सुनभन्दा महंगा अन्य कैयौँ धातुहरू छन्। अरू महंगा धातु हाम्रो दैनिक जीवनमा काममा नआउने भएकाले हामीलाई सुन नै महंगो हो जस्तो लाग्छ।

Back To Top